site stats
बाह्रखरी :: Baahrakhari
देश
वीरगञ्ज विवादबारे सर्वदलीय बैठक : यस्तो छ पाँचबुँदे निर्णय

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकले पाँचबुँदे निर्णय गरेको छ । 

रौतहटमा सरस्वती मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएको थियो । सोही विवाद वीरगञ्जमा पनि भएपछि पर्सा प्रशासनले वीरगञ्जमा सोमबारदेखि नै कर्फ्यु जारी गरेको छ ।  

Argakhachi Cement Island Ad

बैठकले सयौँ वर्षदेखि कायम रहेको जातजाति, भाषा, धर्म, समुदाय सम्प्रदाय बीचको एकतालाई मजबुत गराई सु–सम्बन्ध एवं एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्न सामूहिक प्रतिबद्धता गर्ने निर्णय गरेको छ । 

एकअर्काको धार्मिक स्थलहरूमा नाराबाजी, जुलुस लगायतका विरोधका कार्यक्रम नगर्ने/नगराउने र त्यस्ता गतिविधि गर्ने जोसुकैलाई कानुनी कारबाही गर्ने निर्ण गरिएको छ । 

जिल्लाभित्र खुलमखुला डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राके जुलुस निकाल्ने लगायतका क्रियाकलाप गर्नेविरुद्ध कानुनबमोजिम कारबाही गर्न प्रशासनसमक्ष अनुरोध गर्ने र यस अभियानमा सबैले सहयोग गर्ने निर्णय पनि गरिएको छ ।

यस्तै, शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका अवान्छित गतिविधिहरू, धार्मिक सम्प्रदायिक र र्‍याली, जुलुस, बन्द हडताल लगायतका कुनै पनि गतिविधिहरू कुनै पनि संघ, संस्था एवं समुदायले नगर्ने, सामाजिक सञ्जालमा एक–अर्कालाई लक्षित गरेर लेख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने पनि निर्णय गरिएको छ ।

SArbadliya-baithak-1708430595.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्