site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ड्युटीमा रहेकी श्रीमतीलाई गोली हान्नुअघि हवल्दारको पत्र– अर्को जुनीमा पनि सँगै हुन पाइयोस् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । अघिल्लो साता बिहीबार लुम्बिनी प्रदेशको दाङमा ड्युटीमा रहेकी प्रहरी जवान धनमाया थापामाथि गोली प्रहार भयो । सुरूमा उनलाई गोली हान्ने को हो भन्ने कोलाहल मच्चियो तर उनलाई गोली हान्ने व्यक्तिको पहिचान हुन धेरैबेर लागेन ।

वडा प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान थापा ड्युटीमै रहेका बेला उनका श्रीमानले नै गोली हानेको पुष्टि भएको हो । गोली हानेर भाग्दै गर्दा उनका श्रीमान् पक्राउ परेका थिए ।

थापाका श्रीमान् यमबहादुर झाँक्रीले धनमायालाई गोली हानेको पुष्टि तत्कालै भएको थियो ।  झाँक्री बाँकेको नेपालगञ्जस्थित तालिम केन्द्रमा कार्यरत थिए । उनी बाँकेबाट दाङ पुगेर ड्युटीमा रहेकी श्रीमतीलाई गोली प्रहार गरेको पाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लुम्बिनी प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले उनकै श्रीमान्ले गोली हानेको पुष्टि गर्दै तत्कालै पक्राउ गरिएको बताए । तर श्रीमतीलाई गोली हान्नुअघि झाँक्री एक पत्र लेखेर अर्को जुनीमा पनि श्रीमान्–श्रीमतीको रुपमा रहन पाइयोस् भनेका छन् ।

अनुसन्धानका क्रममा प्रहरीले प्राप्त गरेको पत्रमा झाँक्रीले भनेका छन्, “यो जन्ममा तिमी र म बूढाबूढी भएर सात वर्षमात्र बाँच्न सफल भयौँ तर अर्को जन्ममा तिमी र म नै बूढा बूढी भएर सय (धेरै) वर्ष सँगै बाँच्न पाउँ बूढी ।”

Global Ime bank

उनले लेखेको पत्रमा आफूले अघिल्लो श्रीमतीलाई डिभोर्स दिएर धनमायालाई अँगालेको उल्लेख गर्दै अहिले उनले नै बाटो बिराउँदा आफू घर न घाटको भएको दाबी गरेका छन् ।

पत्रमा उल्लेख भएअनुसार धनमायाले यमबहादुरसँग छुट्टिनका लागि डिभोर्स पेपर दर्ता गराएकी थिइन् । “मेरो छोरीको भविष्य बर्बाद बनाउन खोज्दैछन् । त्यसैले त्यो देउतीबजैको मन्दिरमा खाएको कसम सम्झिँदै यो निर्णय लिन बाध्य भएको छु,” पत्रमा झाँक्रीले लेखेका छन् ।

उनले श्रीमती थापालाई एक परपुरुषसँग सम्बन्धका कारण आफ्नो घरबार भत्किएको पनि पत्रमा उल्लेख गरेका छन् ।

“...खत्री भन्ने केटासँग लागेको रहीछन्, त्यो केटा मेरो बूढी बिदामा बस्दा कोठामा आउने जाने गरिरहँदो रहेछ,” पत्रमा उल्लेख छ, “मैले थाहा पाएपछि उनीहरुले अब यस्तो नगर्ने सहमति पनि भएको थियो । केही दिन चुप लागेर बस्नुपर्छ भन्दै मलाई मेरो बूढी र त्यो केटा मिलेर अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा हालेको रहेछ ।”

प्रहरीको अनुसन्धानले पनि उनीहरुको विवाहेत्तर सम्बन्धका कारण गोली प्रहारको अवस्था आएको देखिएको छ ।

लुम्बिनी प्रदेशका डीआईजी कडायतले बाह्रखरीसँग कुरा गर्दै भने, “घरायसी कारणले नै श्रीमतीलाई गोली हानेको देखिएको छ । पक्राउ परेका झाँक्रीमाथि ज्यानमुद्दामा अनुसन्धान भइरहेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC