site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले पहिचानको मुद्दालाई नजरअन्दाज गर्न सक्दैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोसी प्रदेशमा पार्टीले पहिचानको मुद्दालाई नजरअन्दाज गर्न नसक्ने बताएका छन् । तर, प्रदेशको नाम विधिसम्वत् टुंगिएको र यसलाई परिवर्तन गर्न कांग्रेससँग दुई तिहाइ मत नभएको जानकारी जिल्ला सभापतिहरूलाई दिएका छन् । 

महासमिति बैठकमा भाग लिन काठमाडौं आएका कोसी प्रदेशका जिल्ला सभापतिहरूसँग संवाद गर्दै उनले पहिचानको मुद्दालाई कांग्रेसले हल्लाका रूपमा छाड्न नहुने बताएको छलफलमा सहभागी मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले जानकारी दिए । साथै, नेता कोइरालाले अनावश्यक विषयमा महासमिति बैठकमा प्रस्तुत नहुन र रूपान्तरण मुद्दाहरूलाई प्राथमिकता दिएर उठान गर्नुपर्ने बताएको लिम्बूले जानकारी दिए । 

“उहाँले महासमिति बैठकमा उठान गर्नुपर्ने विषयमा हामीसँग छलफल गर्नुभयो । साथै कोसीको नाम र पहिचानवादीहरूको विषयमा समेत धेरथोर कुरा भयो,” उनले भने । यस्तै, नेता कोइरालाले आज बिहान सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग आवश्यक छलफल गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro