site stats
बाह्रखरी :: Baahrakhari
देश
बीपी केएचएसका इलेक्ट्रिकल इन्जिनियर भ्रष्टाचारी ठहर
Global Ime bank

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिकल इन्जिनियर तेजनारायण साह भ्रष्टाचारी ठहर भएका छन् । आइतबार विशेष अदालतले साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा कसुर ठहर हुने फैसला गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले साहले अनधिकृत रूपमा उठाएको महसुल प्रतिष्ठानको खातामा नहाली सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको ठहर गरेको छ । साहलाई सजायका निम्ति यही फागुन १३ गतेको पेसी तोकिएको छ ।

साहले प्रतिष्ठानको हाताभित्र पसल सञ्चालन गरिरहेका व्यवसायीसँग विद्युत् महसुलबापतको ३३ लाख २० हजार २२६ रुपैयाँ उठाएर प्रतिष्ठानको खातामा नबुझाएको पाइएको थियो । अख्तियारले गएको भदौ २५ गते मुद्दा दायर गरेको थियो । अख्तियारले साहलाई बिगोबमोजिम जरिवाना र कैद सजाय माग गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu