विदेश

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनी सहर कब्जामा ल्याउन सफल भएकोमा आफ्नो सेनालाई बधाई दिएका छन् ।
कीभले आफ्नो सेना जोगाउन अवडिभकाबाट फिर्ता ल्याएको घोषणा गरेको थियो ।
त्यसको केही घण्टापछि मस्कोले शनिबार (फेब्रुअरी १७)मा पूर्वी युक्रेनी सहर अवडिभका पूर्णरूपले आफ्नो नियन्त्रणमा लिएको बताएको थियो ।
रुसी रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई यो महत्त्वपूर्ण विजयका लागि बधाई दिएको बताएका हुन् ।
युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको अवडिभका सरहको कब्जा युक्रेनयुद्धमा गत वर्षको मे महिनायताकै ठूलो रुसी जित हो ।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८० १०:१७
प्रतिक्रिया दिनुहोस्