site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बुद्ध मार्गदर्शक हुन्, भगवान् होइनन्’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । सिद्धार्थ गौतम अर्थात् बुद्ध भगवान् हुन् कि होइनन् ? पोखराको फेवाताल किनारमा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ११औँ संस्करणअन्तर्गत ‘बुद्ध : भगवान् कि दार्शनिक ?’ सत्रमा यही प्रश्नमा केन्द्रित रहेर शनिबार बहस भयो । यो बहसमा वक्ता ‘बुद्धकालीन समाज’ पुस्तकका लेखक उमाकान्त पौड्याल र भिक्षु धज्जवन्तो र सहजकर्ता लेखक सरस्वती प्रतीक्षा थिए ।

लेखक पौड्यालले बुद्ध भगवान् नभई मार्गदर्शक भएको बताए । ‘बुद्ध तपाईं हामीलाई सही बाटो देखाउने मार्गदर्शक हुन् । बुद्धले पाली भाषामा आफूलाई कल्याण मित्र भनेका छन् । अर्थात्, राम्रो गर्ने मित्र भन्ने हो,” उनले भने, “बुद्ध भगवान् होइनन्, यद्धपि लोक व्यवहारमा भगवान् भनिएको छ ।”

बुद्धलाई दार्शनिक भन्न मिल्नेमा भने पौड्याल सहमत देखिए । बुद्धको दर्शन जीवनलाई लिएर व्याख्या भएकाले दार्शनिक भन्न मिल्ने उनको तर्क छ । “बुद्धको दर्शनसम्बन्धी व्याख्या जीवनलाई लिएर छ । बुद्धको दर्शनसम्बन्धी व्याख्या जीवन कसरी चलिरहेको छ भनेर छ । दुःख कसरी आइलाग्छ ? त्यसको कारण के हो ? हटाउन सकिन्छ कि सकिँदैन ? उपाय भए त्यो के हो ?,” उनले थपे, “बुद्धको सम्पूर्ण दर्शन यही वरपर घुम्छ । त्यस हिसाबले बुद्धलाई दार्शनिक भन्न सकिन्छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

भिक्षु धज्जवन्तो पनि बुद्धलाई भगवान् नै मान्ने विषयमा सहमत देखिएनन् । बुद्धलाई भगवान्भन्दा पनि विभिन्न मोह त्यागेको व्यक्तिका रूपमा बुझ्दा राम्रो हुने उनको भनाइ थियो ।

“हामी नेपालमा बसेर भगवान् भन्ने गर्छौँ । भगवान् भन्ने शब्द बुद्धसँग जोड्दा बुद्धको ओहदालाई निकै तल झारिरहेका हुन्छौँ हामी । उहाँलाई राग, द्वेष, मोहबाट मुक्त व्यक्ति भनेर बुझ्दा राम्रो हुन्छ,” धज्जवन्तोले भने ।

Royal Enfield Island Ad

बुद्धलाई किन भगवान् भनिएको हो त ? परम्परामा बुद्धलाई भगवान् मान्ने मनोविज्ञान रहेको र अहिले त्यसैको निरन्तरता भएको लेखक पौड्यालले बताए ।

“जुन परम्परादेखि चलिआयो त्यसलाई पछ्याउने मनोविज्ञान थियो । बुद्धकालभन्दा पहिल्यैदेखि यस्तो मनोविज्ञान थियो । त्यसकारण उनलाई भगवान्को रूपमा व्याख्या गर्ने गरिएको हो,” उनले भने । 

छलफलमा बुद्ध महिलाद्वेषी भए/नभएको विषय पनि उठाइयो । दुवै वक्ता बुद्धलाई महिलाद्वेषी भन्न नमिल्नेमा एकठाउँ देखिए । भिक्षु धज्जवन्तोले बुद्ध क्रान्तिकारी विचारधारा भएका व्यक्ति र महिलाको उत्थानबारे सोच्ने गरेको जिकिर गरे ।

“महिलालाई कुन अवस्थाबाट उकास्ने भन्ने सोच्नुहुन्थ्यो,” उनले भने, “महिला निर्माणको पक्षलाई साक्षात्कार गर्न सक्छन्, तर एकैपटक हुँदैन, विस्तारै गर्नुपर्छ भन्ने हो ।”

बुद्धलाई किन महिलाद्वेषी भनियो त ? लेखक पौडेलले बुद्धबारे पुस्तान्तरण हुँदा महिलाद्वेषी मानिसकता भएका व्यक्तिले त्यसलाई प्रचलनमा ल्याएको हुन सक्ने बताए ।

“बुद्धपछिको अर्को पुस्तालाई हस्तान्तरण गर्‍यो । उसले अर्को पुस्तालाई हस्तान्तरण गर्‍यो । त्यसैबीचमा महिलाद्वेषी मानसिकता भएका कसैबाट ती कुरा घुसेका हुन सक्छन्,” पौड्यालले थपे, “यसको आधार के हुनसक्छ भने, बुद्धका वाणी संकलन गर्न सभा डाकिन्थ्यो । त्यसमा कतै महिला वा भिक्षुणी सहभागी हुन पाएनन् । पुरुष मात्र सहभागी भएको ठाउँमा उसले महिलाद्वेषी मानसिकताबाट प्रक्षेपण गरेको हुनसक्छ ।”

भिक्षु धज्जवन्तोले पछिल्लो समय मानिस सानो समस्याले पनि तनावमा रहने गरेको सुनाए । भूत र भविष्यको चिन्ताले वर्तमानमा मान्छे अल्झिएकाले खुसी हुन नसकेको उनको भनाइ थियो । चिन्ता र तनाव कम गर्न नियमित ध्यान गर्न उनले सुझाए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro