site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महासमितिमा छुट्टै प्रस्ताव पेस गर्छु : सुनील शर्मा

काठमाडौं । नेपाली कांग्रेका महासमिति सदस्य एवं सांसद सुनील शर्माले आसन्न महासमिति बैठकमा आफूले पार्टी रूपान्तरणका निम्ति छुट्टै प्रस्ताव पेस गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शर्माले कांग्रेसको नेतृत्वमा जनमुखी सरकार निर्माण गर्न जनताको भरोसायोग्य पार्टी बनाउनुपर्नेसहितका विषय समेटिएको छुट्टै प्रस्ताव पेस गर्ने जानकारी गराएका हुन् । मुलुकको वर्तमान समस्या समाधान गर्न कांग्रेस आफ्नो नीतिमा प्रस्ट हुन जरुरी रहेको उनले बताए ।

कांग्रेसले जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वमा जनमुखी सरकार निर्माण गर्ने कुरामा विलम्ब गर्न नहुने उनले उल्लेख गरे । अप्राकृतिक गठबन्धनका कारण कांग्रेस अहिले जनताप्रतिको जिम्मेवारीबाट विमुख भइरहेको भनेर जनस्तरबाटै प्रश्न उठाइएको उनको भनाइ छ ।

उनले वडादेखि केन्द्रसम्मको सभापति र दुईतिहाइ पदाधिकारी निर्वाचित गर्ने र एकतिहाइ पदाधिकारी सभापतिले मनोनीत गरी समिति बनाउने व्यवस्था गर्नुपर्ने र सभापतिले समितिभित्रै अल्पमतमा परेर काम गर्न नसक्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गरी तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने, पार्टीका सबै तहमा २० प्रतिशत समाजका विभिन्न क्षेत्रका विज्ञ, लब्धप्रतिष्ठित व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको प्रस्ताव छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro