site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसमा नाभाल्नीको सम्झनामा गरिएका शोकसभाबाट १०० जनाभन्दा बढी पक्राउ

मस्को । विपक्षी नेता एलेक्सी नाभाल्नीको स्मृतिमा आयोजित शोक कार्यक्रममा सहभागी १०० जनाभन्दा बढीलाई रुसी प्रहरीले हिरासतमा लिएको ओभीडी–इन्फो नामक मानवअधिकारवादी समूहले शनिबार जनाएको छ ।

क्रेमलिनका कट्टर आलोचक ४७ वर्षीय नभाल्नीको रुसको आर्कटिकमा १९ वर्षको जेल सजाय काटिरहेका बेला मृत्यु भएको शुक्रबार रुसी अधिकारीहरूले बताएका थिए । मृत्युको खबरले रुसभित्र र बाहिर रहेका नाभाल्नीका समर्थक र प्रशंसक शोकमा डुबेका छन् ।

रुसका अस्थायी स्मारकहरूमा फूल राख्न मानिस भेला भएका थिए । केही घटनामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको सामाजिक सञ्जालमा सम्प्रेषित फुटेजमा देखिएको छ ।

ओभीडी–इन्फोकाअनुसार, १० सहरबाट १०१ जनाभन्दा बढीलाई हिरासतमा लिइएको छ । राजधानी मस्कोबाट ११ र निज्नी नोभगोरोड, क्रास्नोडार, रोस्तोभ–अन–डन र ट्वेर सहरबाट ११ जनालाई हिरासतमा लिइएको छ ।

रुसमा असहमतिविरोधी कडा कानुनअन्तर्गत विरोध प्रदर्शन गैरकानुनी छ । अधिकारीहरूले नभाल्नीको समर्थनमा हुने र्‍यालीमा कडाइ गरेका छन् ।

रुसको राजधानी मास्कोको मध्यभागमा हुने विशाल र्‍यालीमा भाग लिन अनलाइनमार्फत गरिएको आह्वानबारे आफूहरू जानकार रहेको र त्यहाँ उपस्थित नहुन चेतावनी दिइएको रुसी प्रशासन र सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro