site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘प्रतीक ढकाल नियात्रा सौरभ’ राजकर्णिकारलाई प्रदान गरिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पवित्रा ढकाल स्मृति कोषले ‘प्रतीक ढकाल नियात्रा सौरभ–२०८१’ नेपाली नियात्रासाहित्यमा समर्पित सर्जक घनश्याम राजकर्णिकारलाई प्रदान गर्ने निर्णय गरेको छ । 

कोषले हरेक वर्ष श्रीपञ्चमीका दिन पुरस्कृत स्रष्टाको नाम घोषणा गरी आउँदो वर्षको जेठ १३ गतेका दिन उक्त सम्मान समर्पण गर्दै आएको छ । पुरस्कारकासाथ नगद राशि ५१ हजार रुपैयाँ समेत प्रदान गरिने कोषले विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वि.सं. २०७५ सालको श्रीपञ्चमीका दिन स्थापित कोषले यसअघि नियात्रा सर्जकहरू डा. तारानाथ शर्मा, शताब्दी वाङ्मयपुरुष सत्यमोहन जोशी, देविचन्द्र श्रेष्ठ, भुवनहरि सिग्देल र गीता खत्रीलाई उक्त सम्मान समर्पण गरिसकेको छ । 

पुरस्कृत नियात्राकार राजकर्णिकारका देश प्रदेशको भ्रमण (२०३४), विदेशको यात्रा : स्वदेशको सम्झना (२०३७), बौद्ध तीर्थयात्रा : नालान्दादेखि लुम्बिनीसम्म (२०६०), यात्रा अमेरिकाको माया नेपालको (२०६९), यात्राको लहरीमा हिउँफूलकी रानी (२०७४), घामै प्यारो आमै प्यारो (२०७७) आदि नियात्राकृतिहरू प्रकाशित छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC