खेल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध पहिलो ब्याटिङ पावर प्लेमा नेपालका शीर्ष क्रम ब्याटिङ धराशायी बनेको छ ।
बिहीबार लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले पहिलो १० ओभरको समाप्तिमा चार विकेट गुमाएर २५ रन बनाएको छ ।
चौथो विकेटका रूपमा आउट भएका नेपालका कप्तान रोहितकुमार पौडेलले टिमको खातामा एक रन मात्र थप्न सके । रोहितलाई ९.३ ओभरमा नामिबियाका ज्याक ब्रासेलले बोल्ड गरे ।
त्यसअघि, नेपाली टिमको खातामा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले क्रमशः चार र शून्य रन थप्दा अनिल साह आठ रनमा पभेलियन फर्किएका थिए ।
यो शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० १०:२१
प्रतिक्रिया दिनुहोस्