site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कपिलवस्तु बस दुर्घटना : १० मृतकको सनाखत
Sarbottam CementSarbottam Cement

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१, सुरही पुलनजिकै बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीका  अनुसार, सनाखत भएका मृतकमा रौतहटका ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेनाको कालीजंग गण गोरुसिंगेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारतको उत्तर प्रदेशस्थित मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ का  २४ वर्षीय उमेश भण्डारी, भीमदत्त–१६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, भीमदत्त नगरपालिकाका खगेश्वरी खाती, भीमदत्त–२ का सुदीप भट्ट र पुनरवास–९ का बिसफाटा विमलादेवी भट्टको पहिचान खुलेको छ ।

महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा  सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको थियो ।

Global Ime bank

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार, दुर्घटनामा ३० जना घाइते भएका छन् । तीमध्ये नौजनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय