site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अफ्रिका कप अफ नेसन्स उपविजेता नाइजेरिया फुटबल टिमलाई जग्गा र फ्ल्याट उपहार

काठमाडौं । नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबुले आफ्नो देशको राष्ट्रिय फुटबल टोलीलाई सम्मान गरेका छन् ।

प्रेसिडेन्सियल भिल्लामा टोलीलाई स्वागत गर्दै उनले हालै सम्पन्न अफ्रिका कप अफ नेसन्समा उनीहरूले दोस्रो स्थान हासिल गरेकामा उच्च प्रशंसा गरे । उनले सुपर इगल राष्ट्रिय सम्मानबाट हरेक सदस्यलाई सम्मान गरेका हुन् ।

टोलीका प्रत्येक सदस्य, खेलाडीदेखि कोचिङ स्टाफसम्म, राष्ट्रको खेलकुद गौरवमा असाधारण प्रयास र योगदानको कदर गर्दै उनीहरूलाई प्रतिष्ठित अर्डर अफ नाइजर (एमओएन)बाट सम्मान गरिएको छ ।

टिनुबुले प्रशंसा र प्रोत्साहनस्वरूप प्रत्येक सदस्यलाई संघीय राजधानी क्षेत्रमा जग्गा र फ्ल्याट उपहार दिए ।

खेलकुद विकासमन्त्री सिनेटर जोन ओवान एनोहले नाइजेरिया फुटबल फेडेरेसनका अधिकारीहरूसँग छलफल गरेका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro