site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा नेपालले टस हारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड एरास्मसले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । योसँगै नेपालले पहिला ब्याटिङ गर्नेछ ।

आजको खेलमा नेपाल र नामिबिया दुवै विजयी सुरुआत गर्न चाहन्छन् । पछिल्लोपटक घरेलु मैदानमा भएको खेलमा नेपालले नामिबियालाई हराएको थियो । नेपाल जितलाई निरन्तरता दिन चाहन्छ । नामिबिया भने उक्त हारको बदला लिने दाउमा छ ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, अनिलकुमार साह, गुल्सन झा, सोमपाल कामी, करण केसी र ललित राजवंशी छन् । बेन्चमा सूर्य तामाङ, देव खनाल, दीपेन्द्रसिंह ऐरी र आरिफ शेख छन् ।

नामिबियाको प्लेइङ–११ मा कप्तान जेरार्ड एरास्मससहित जेन ग्रिन, जेजे स्मिथ माइकल भान लिंगेन, निकोल लोफ्टिइटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल र बर्नार्ड स्कोल्ज छन् । बेन्चमा जेपी कोट्जे, मलान क्रुगर, बेन शिकोंगो र सन फौसी छन् ।

घरेलु मैदानमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को नयाँ ‘सर्कल’ आजदेखि सुरु भएको हो । लिगमा २४ त्रिदेशीय शृंखलाअन्तर्गत पहिलो ‘सिरिज’ नेपालमा भएको हो ।

आउँदो सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता रहनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुन लागको हो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro