site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनेरास्ववियुको बैठकमा ‌ओलीले भने– कार्ड देखाएर विद्यार्थीको परिचय हुन सक्दैन
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा आज अनेरास्ववियुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई निर्णायक तवरमा काम गर्न सक्ने खालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको धारणा राखे ।

उनले एमाले त्यो राष्ट्रिय शक्तिका रूपमा रहे पनि निर्णायक तहमा पुग्न नसकेको बताए । 

“एमाले अहिले पनि सवल राष्ट्रिय शक्तिका रूपमा रहेको छ । तर निर्णायक तहमा पुगेको छैन,” उनले भने, “एमालेलाई सवल राष्ट्रिय शक्तिबाट निर्णायक ढङ्गले सुदृढ राष्ट्रिय शक्तिका रूपमा विकास गर्न अभियान पार्टीका छ ।”

उनले मिसन–२०८४ निर्वाचन मात्र नभई पार्टीलाई सवल राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने अभियान पनि रहेको बताए ।

अध्यक्ष ओलीले समय गतिशील रहेकाले पार्टीमा युवा विद्यार्थीको पुस्तान्तरण र हस्तान्तरण गरिने बताए । “पार्टीमा कार्यक्षमता, सक्रिय, योग्यता, भारवहन क्षमताका आधारमा पुस्तान्तरण र हस्तान्तरण हुन्छ,” उनले भने । 

उनले अहिले नयाँ राजनीतिक दलको सिद्धान्त समाजवाद वा पुँजीवाद के हो भन्ने थाहा नभएको बताए । उनले युवा विद्यार्थीलाई समाजले मनपराउने र स्वीकार गर्न सक्ने खालका क्रियाकलाप गर्न सुझाव दिए ।

“जनताले मन नपराउने, आलोचित र घृणा गर्ने कुरा नगर्नुहोस्,” उनले भने, “कुन चिज कहाँ गर्ने कसरी प्रयोग गर्ने भन्ने कुरा समाजले स्वीकार गर्न खालेको हुनुपर्दछ ।”

उनले कार्ड देखाएर विद्यार्थीको परिचय हुन नसक्ने भन्दै विद्यार्थीमा दयालु, मुस्कानसहितको व्यवहार हुनुपर्नेमा जोड दिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  २३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro