site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंले भने– राप्रपासँग कुनै किसिमको एकता हुँदैन

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राप्रपासँग कुनै किसिमको एकता हुन नसक्ने बताएका छन् ।

बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफू राप्रपामा जाने भन्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा भएको भन्दै राप्रपासँग कुनै किसिमको एकता हुन नसक्ने बताएका हुन् । आफूले पार्टी बनाउन चाहेको भए राप्रपाभन्दा ठूलो पार्टी बनाउन सक्ने उनको भनाइ थियो । 

त्यस्तै, उनले आफू पार्टी बनाउनेभन्दा पनि पीडित, शोषित जनताको मुक्तिका लागि काम गरिरहेको जिकिर गरे ।

यसअघि राप्रपाले प्रसाईं नेतृत्वको अभियानसँग कार्यगत एकता गर्दै आफ्ना एजेन्डा स्थापित गराउन वार्ता टोली बनाएको थियो । प्रसाईंले अब आफूहरूको आन्दोलन राजधानीमा मात्रै नभई जिल्ला–जिल्लामा केन्द्रित हुने जिकिर गरे ।
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro