site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाली चिकित्सक र विद्यार्थीबारे अमेरिकी अदालतको आदेश

काठमाडौं । नेपाली चिकित्सक परीक्षार्थीहरूमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन (यूएसएमएलई)ले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित संघीय अदालतले प्रश्न उठाउँदै बयानका लागि बोलाएको छ । 

अदालतले सो संस्थालाई फेब्रुअरी १८ भित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो । नेपाली चिकित्सक विद्यार्थीहरूका तर्फबाट नेपाली चिकित्सक परीक्षार्थीहरूको एक समूहले दायर गरेको मुद्दामा न्यायाधीश रुडोल्फ कोन्त्रेरसले सोमबार सो आदेश जारी गरेको अमेरिकास्थित एक चिकित्सकले जानकारी दिएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अमेरिकामा ‘रेजिडेन्सी डाक्टर’ बनेर काम गर्दै पढ्न आएका नेपाली डाक्टरहरूको नेपालको परीक्षा र नतिजाका बारेमा सो संस्थाले प्रश्न उठाउँंदै उनीहरूलाई अयोग्य भएको निर्णय समेत गरेको थियो । सो निर्णयबाट अमेरिकामा सन् २०२२ यता काम गर्दै र पढ्दै गरेका चिकित्सकहरू समेत प्रभावित भएका थिए । यो निर्णयका विरुद्ध उनीहरूले उक्त अदालतमा मुद्दा दायर गरेका थिए । 

अदालतको यस आदेशले उनीहरूलाई केही राहत दिएको छ । अमेरिकाको ‘नेसनल बोर्ड अफ मेडिकल लाइसेन्सिङ’लाई अदालतले नेपाली चिकित्सक परीक्षार्थीहरूलाई सो संस्थाले दिएको अन्तिम म्याद समेत स्थगित गर्न आदेश जारी गरेको छ । 

यूएसएमएलई चिकित्सा शिक्षाको थप अध्ययनका लागि प्रवेश परीक्षा लिने चिकित्सा शिक्षा आयोगजस्तै नियामक निकाय हो । सो संस्थाले नेपालको मेडिकल परीक्षा प्रणालीप्रति प्रश्न उठाउँंदै सो परीक्षा र त्यसबाट प्राप्त भएको नतिजालाई अमेरिकाले स्वीकार नगर्ने नीति जारी गरेको थियो । 

यो निर्णयले हाल अमेरिकामा अभ्यासमा रहेका, सन् २०२२ यता अमेरिका आएर ‘रेजिडेन्सी’ गरेका र एमडी गरिरहेका नेपाली डाक्टरहरूलाई प्रभावित पारेको थियो । उनीहरूको योग्यतामा प्रश्न उठ्दा यहाँ कार्यरत काम समेत छोड्नुपर्ने र अमेरिकामा वैधानिकरूपमा भइरहेको बसोवास समेत छोडेर फर्किनुपर्ने बाध्यकारी अवस्था आएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro