site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
परिसंघ र चिनियाँ राजदूतबीच लगानी तथा व्यावसायिक सम्बन्ध विस्तारसम्बन्धी छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ ।

परिसंघ सचिवालयमा मंगलबार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन आग्रह गरे । 

Dabur Nepal
NIC Asia

सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूहलाई ल्याउन भूमिका खेल्न आग्रह गर्दै उनले नेपाल सरकारले लगानी आकर्षित गर्न विद्यमान कानुनहरूमा सुधार गर्न लागेको बताए ।

परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि कानुनमा हुनुपर्ने सुधारसम्बन्धी अध्ययनसहित विस्तृत सुझाव सरकारलाई बुझाइ सकेको छ ।

अध्यक्ष अग्रवालले पोखरा एवं गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सिधा उडान गरी नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरे । साथै, उनले चीन र भारतको बीचमा अवस्थित नेपालको उत्पादनमुलक क्षेत्रमा लगानी गरी फाइदा उठाउन आग्रह गरे । सीएनआई र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) मिलेर स्थापना गरेको नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना विजनेस काउन्सिल) बीच व्यावसायिक छलफल अगाडि बढिरहेको जानकारी गराउँदै उनले काउन्सिलमार्फत नेपालमा चिनियाँ लगानी भित्र्याउन सहयोग हुने विश्वास व्यक्त गरे ।

छलफलमा चिनियाँ राजदूत सोङ्ले चीनले नेपालको संमृद्धिका लागि उच्च प्राथमिकतामा राखेको बताए । उनले नेपालले तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले उच्च सम्भावना भएका निश्चित क्षेत्रहरू पहिचान गरी ती क्षेत्रको उत्पादन वृद्धिमा केन्द्रित गर्नुपर्ने बताए । त्यसका लागि चीन सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताए । 

पर्यटनका लागि नेपाल उच्च सम्भावना भएको मुलुक भएकाले पर्यटक भित्र्याउन सोहीअनुरुप पूर्वाधार तथा सेवाको स्तरोन्नति गर्नुपर्ने बताए । उर्जा, जडिबुटी, पर्यटन, सूचना प्रविधि, कृषि, उत्पादनमुलक उद्योगलगायत लगानीको उपयुक्त क्षेत्र रहेको बताए । दुई देशबीच व्यावसायिक सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालको उद्योगीहरूको छाता संस्था सीएनआईसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता जनाए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro