देश

काठमाडौं । सल्यानमा एकनाले भरूवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।
कुमाख गाउँपालिका–१ बस्ने २६ वर्षीय धनराज कामीलाई पक्राउ गरिएको हो । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट एकनाले भरुवा बन्दुक एक थान, गोली पाँच राउन्ड, फलामका छर्रा ९ थान, केप ११ थान बरामद गरिएको छ ।
अस्थायी प्रहरी पोष्ट नेटाबजारबाट खटिएको प्रहरीले कामीको घरको तलासी गर्दा उक्त हाततियार फेला पारी पक्राउ गरिएको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८० १२:४७
प्रतिक्रिया दिनुहोस्