site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परिवर्तनकारी एकै ठाउँमा गोलबन्द हुने बेला आयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरू एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन् ।

२९औँ ‘जनयुद्ध दिवस’का अवसर पारेर मंगलबार दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक/सामाजिक क्षेत्रका अगुवालाई स्वागत गर्दै उनले परिवर्तनकारीको सुदृढ एकताबाट मात्र परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताएका हुन् ।

“अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ,” प्रधानमन्त्रीले भने, “प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजवाद निर्माणको धारको नेतृत्वमा हामीले गरिरहेका छौँ ।”

परिवर्तनलाई उल्ट्याउन खोज्नेहरू पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका उनले उल्लेख गरे । उनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि जोगाउन सबै परिवर्तनकारी एक ठाउँमा आउने बेला भएको बताए ।

Global Ime bank

विगतमा माओवादी आन्दोलनमा रहेकाहरूबीच संस्थागत रूपमा पनि एकीकरणको पहल भइरहेको उनले उल्लेख गरे । अध्यक्ष प्रचण्डले यससँगसँगै व्यक्तिगत रूपमा पनि क्रान्तिकारी ध्रुवीकृत भइरहेको बताए ।

‘जनयुद्ध’बाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता–कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रुवीकरणमा सामेल हुनुपर्नेमा उनले जोड दिए ।

ऐतिहासिक दिनमा पार्टीमा समाहित भएकामा धन्यवाद दिँदै उनले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सम्मान गरी पार्टीमा उचित स्थान दिइने प्रतिबद्धता व्यक्त गरे । सो क्रममा उनले पार्टी विधान र दस्तावेजहरूमा पर्यावरण संरक्षणको सवाल र यससम्बन्धी मोर्चालाई व्यवस्थित गरेर लैजाने पनि स्पष्ट गरे ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, पूर्णा सुवेदी, निर्मल आचार्य, हेमराज शर्मा, तिलकराम शर्मा, धनबहादुर मास्की, सुरेश पन्तलगायत नेताको उपस्थिति थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu