site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नइ प्रकाशनको अक्षयकोषमा डा. उपाध्यायबाट थप पाँच लाख 

काठमाडौं । नइ प्रकाशनको अक्षयकोष अभिवृद्धिका निम्ति डा. कपिलदेव उपाध्यायले थप पाँच लाख रुपैयाँ प्रदान गरेका छन् । उनले नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

डा. उपाध्यायले अक्षयकोषका लागि यसअघि ६ लाख रुपैयाँ प्रदान गरिसकेको प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

दुर्गम क्षेत्रका जेहेनदार विद्यार्थीको हितका निम्ति १० लाख रुपैयाँ राशिको ब्याजबाट ‘नइ कपिल विद्यापदक’को स्थापना गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

हरेक वर्ष जनही ३० हजार रुपैयाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ दुर्गम जिल्लाका सरकारी विद्यालयबाट कक्षा–१२ मा सर्वोत्कृष्ट हुने दुई छात्रालाई प्रदान गरिने जनाइएको छ ।

प्रकाशनको अक्षयकोषमा हाल दुई करोड ६६ लाख रुपैयाँ मौज्दात रहेको विज्ञप्तिमा जनाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro