site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
समाजकल्याण परिषद् र आईएनजीओको कामप्रति मन्त्रीको असन्तुष्टि

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले समाजकल्याण परिषद् र आईएनजीओको कामप्रति असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा उनले परिषद्को सुधार गर्न लागिएको बताए । परिषद्मा मन्त्रालयको कुनै हस्तक्षेप नभएको उनको भनाइ छ ।

“परिषद्ले गरेको काम सुधार गर्न र समाजको कल्याण हुने काम कसरी हुन्छ भनेर विशेष अदालतको पूर्वन्यायाधीशको नेतृत्वमा समिति बनाएका छौँ, रिपोर्ट केही दिनमा आउँछ,” उनले भने, “समाजकल्याणको काम सन्तुष्ट छैन । राज्यले प्राथमिकता तोक्नु छ ।”

एउटै आईएनजीओले एकै पार्टनर एनजीओ बनाएर काम गरेको उनले सुनाए । मन्त्रालयको बजेटभन्दा तीन गुना बढी रकम एउटै आईएनजीओले खर्च गर्ने गरेको उनले बताए ।

“एउटै आईएनजीओले एउटै पार्टनर एनजीओ बनाएर काम गरेको छ । मन्त्रालयको बजेटभन्दा तीन गुना बढी रकम एउटै आईएनजीओले खर्च गर्छ,” मन्त्री आचार्यले भने, “एक अर्बको कार्यक्रम आए २० करोड प्रशासनिक खर्च देखाउँछ । काम कम हुन्छ ।”

यस्तो कार्य समाजकल्याण परिषद्लाई थाहै नहुने उनले उल्लेख गरे । ठूला आईएनजीओले अर्थ मन्त्रालयमार्फत सिधै काम गर्ने गरेको उनले स्पष्ट पारे ।

“समाजकल्याण ऐन सुधार गरेर मन्त्रालयले चिन्ने नबनाए यसले उपलब्धि दिनै सक्दैन,” उनले भने, “भोलिको दिनमा परिवर्तन यसबाट चाहने भए सोच्न जरुरी छ ।”

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro