अर्थ व्यवसाय
काठमाडौं । समाजकल्याण परिषद्ले उपराष्ट्रपति कार्यालय सारिएपछि आफ्नो कार्यालय प्रयोजनको भवन समेत नभएको गुनासो गरेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा परिषद्का प्रशासन प्रमुख दुर्गा भट्टराईले परिषद्सँग भवन र बजेट दुवै नभएको गुनासो गरेका हुन् ।
“उपराष्ट्रपतिले लिएपछि हामीसँग भवन छैन,” संसदीय समितिमा भट्टराईले भने, “नेपाल सरकारबाट बजेट विनियोजन नहुँदा परिषद् सञ्चालनमै चुनौती भएको छ । दुई वर्ष भयो, बजेट आएको छैन । बक्यौता असुलीमा समस्या हुँदा भृकुटीमण्डप व्यवस्थापनमा समस्या छ ।”
प्रकाशित मिति: सोमबार, माघ २९, २०८० १२:२१
प्रतिक्रिया दिनुहोस्