site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी सांसदको आरोप– अरुण चौधरीलाई छोड्ने न्यायाधीश 'अपराधी' हो
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई 'अपराधी'को संज्ञा दिएका छन् ।

सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा उनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको बताए । विष्टले आचार्यलाई भ्रष्टाचारी र अपराधीको आक्षेप लगाए ।

न्यायाधीश आचार्यलाई मुगु सरुवा गरिएको भन्दै उनले असन्तुष्टि जनाए । अनैतिक काम गर्नेलाई न्याय परिषद्ले कारबाही गर्नुपर्ने उनले माग गरे । अपराधीलाई दण्ड दिनुपर्ने भन्दै उनले सरुवाको सट्टा कारबाही गर्न माग गरेका हुन् ।

“...मैले आज न्युज सुनेँ– अरुण चौधरीलाई दुई दिनभित्रै छोड्ने न्यायाधीश मुगु सरुवा भयो रे, कारबाहीस्वरूप । मुगु भनेको नेपालमै हो । मुगुमै किन सरुवा गर्नुपर्‍यो । त्यो अनैतिक हो, भ्रष्टाचारी हो,” सांसद विष्टले भने, “त्यो अपराधीलाई दण्ड दिने ठाउँमा उसलाई न्याय परिषद्ले कारबाही गर्नुपर्दथ्यो । सरुवा गरेर त त्यहाँ पनि त त्यस्तै गर्ला उसले । त्यसैले यो विडम्बनाको कुरा हो ।”

उनले सरकारले थुप्रै राम्रा काम गर्दागर्दै पनि भ्रष्टाचार र गरिबीले देश आक्रान्त बनेको बताए ।

सरकारको चाहेको जस्तो सुशासन गठबन्धनका कारण सम्भव हुन नसकेको उनको भनाइ थियो । –न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro