site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो चरणमा पठाइयो अम्बानीदेखि ज्याक मासम्मलाई निम्तो

काठमाडौं । नेपालमा आगामी वैशाख १६ र १७ गते हुने तय भएको तेस्रो लगानी सम्मेलनका लागि सरकारले पाहुनाहरूलाई निमन्त्रणा गर्न थालेको छ । तेस्रो लगानी सम्मेलन सचिवालयले पहिलो चरणको निमन्त्रणा पठाउन थालिएको जनाएको छ ।

सचिवालयका अनुसार हालसम्म केही डेभलपमेन्ट पार्टनरलाई निमन्त्रणा पठाइसकिएको छ । 

उच्चस्तरीय पाहुनाहरूलाई भने लगानी सम्मेलन निर्देशक समितिका संयोजक अर्थमन्त्री डा. प्रकाशशरण महतले निम्ता पठाउँछन् । मन्त्री महतले केही समयअघि भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुँदा उद्योगपति मुकेश अम्बानी र गौतम अडानीलाई मौखिक निम्तो दिएका थिए । उनीहरूलाई निमन्त्रणा पत्र पनि पठाइसकिएको सचिवालय स्रोत बताउँछ ।

अर्थमन्त्रीले नेपालमा पर्यटन, जलविद्युत्, सूचना प्रविधि, पूर्वाधारका क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ता इच्छुक रहेको बताउँदै आएका छन् । त्यसैअनुसार कानुन पनि संशोधन गरिने बताइएको छ ।

सम्मेलनमा सहभागिताका लागि अलिबाबाका संस्थापक ज्याक मा, टेस्ला र स्पेस एक्सका संस्थापक एलन मस्कलाई पनि निम्तो पठाइएको छ ।

यीबाहेक सरकारले भारत, चीनलगायतका लगानीकर्तालाई पनि तेस्रो लगानी सम्मेलनमा नेपाल आउन निम्तो पठाएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro