site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी रूपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गरिने
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले पार्टीले सञ्चालन गरेको पार्टी रूपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गर्ने भएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले आइतबारदेखि सुरु हुने केन्द्रीय कमिटीमा उक्त अभियानका बारेमा विस्तृत समीक्षा गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कमिटीको पहिलो दिन अभियानको समीक्षा र दोसो दिन विधानका बारेमा छलफल गरिने माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा नेतृत्व चयनको प्रक्रिया र पार्टीभित्रको व्यवस्थालाई विधानमा कसरी समेट्ने भन्ने बारेमा छलफल गरिएको उनले बताए । बैठकमा जनवादको उत्तम अभ्यास भएको र सबै विषयमा स्थायी कमिटी सदस्यले खुलेर कुरा राखेको उनले उल्लेख गरे ।

प्रवक्ता सापकोटाले विधान सम्मेलनमा १३ सय प्रतिनिधिको कुरा सुनेर विधानलाई अन्तिम रूप दिइने बताए ।

यस्तै, बैठकमा संविधानानुसार पार्टीको विधि र संरचनालाई अघि बढाउनुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

माओवादीको केन्द्रीय कमिटी यही माघ २८ र २९ र फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलनको आयोजना गरिएको छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro