site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हिन्द महासागर अन्तर्राष्ट्रिय बजारमा पुग्ने ‘लाइफलाइन’ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गरेका छन् । उनले हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रूपमा रहेको बताए ।

अस्ट्रेलियाको पर्थमा सातौँ इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा मन्त्री साउदले सागर र हिमाली समस्या समाधान एकीकृत र समग्रमा गर्नुपर्नेमा जोड दिए ।

Dabur Nepal
NIC Asia

अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा जारी सम्मेलनमा उनले हिन्द महासागरलाई भूगोलका रूपमा सीमित नभई संसारको सभ्यताको केन्द्रका रूपमा रहेको बताए । उनले भने, “हिन्द महासागर भू–राजनीतिक, भू–रणनीतिक र भू–आर्थिक महत्त्वका दृष्टिकोणले हेर्नुपर्दछ ।”

मन्त्री साउदले थपे, “यहाँ दुःखका साथ भन्नुपर्छ, हिन्द महासागरले परम्परागत र गैरपरम्परागत दुवै सुरक्षा चुनौतीको सामना गर्नुपरेको छ । समुद्री आतंकवाद, डकैती, लागुऔषध र हतियारको ओसारपसार, मानव बेचबिखन, गैरकानुनी आप्रवासन एवं नेभिगेसनको स्वतन्त्रतामा अवरोधलगायत सुरक्षा चुनौतीहरू गम्भीर रूपमा खडा हुनु दुःखद छ ।”

हिन्द महासागर नेपालको वैदेशिक व्यापारका निम्ति एक हिस्सेदार र अन्तर्राष्ट्रिय बजारमा पुग्ने ‘लाइफलाइन’का रूपमा रहेको उनले उल्लेख गरे ।

नेपालले महासागरको महत्त्वलाई विश्वव्यापी जनहितका रूपमा मान्यता दिएको मन्त्री साउदले बताए । उनले समुद्री संरक्षण र दिगो उपयोग, मानव जातिको साझा हित, राष्ट्रिय अधिकार क्षेत्रभन्दा जैविक विविधताको संरक्षणमा जोड दिएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro