site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : यी हुन् शीर्ष तीनमा पर्न सफल वर्ष महिला खेलाडी 

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७९ वर्ष महिला खेलाडीको शीर्ष तीनजना सार्वजनिक भएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को खेलाडी छनोट समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै वर्ष महिला खेलाडीको शीर्ष तीनजना सार्वजनिक गरेको हो । माघ २८ गते आइतबार याक एन्ड यती होटेलमा आयोजना हुँदै छ ।

Dabur Nepal
NIC Asia

अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीमा बास्केटबलकी अनुशा मल्ल, एथलेटिक्सका पुष्पा भण्डारी र राजपुरा पछाईं पर्न सफल भएका छन् । उत्कृष्ट तीनबाट कार्यक्रमकै दिन विजेता चयन गरिने छनोट समितिका समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिएका छन् । यस संस्करणदेखि चार विधामा समान आठजना मनोनयनमा समावेश गरिएको हो । 

यसअघि पाँचजना मनोनयन सार्वजनिक हुने र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा गर्ने गरिन्थ्यो । यद्यपि, यस संस्करणबाट अवार्ड आयोजनाको केही दिन अगाडि नै शीर्ष तीनको मनोनयन सार्वजनिक गर्न थालिएको हो । 

तथ्यांकमा वर्ष महिला तीनमा पर्न सफल खेलाडी : 
अनुशा मल्ल (बास्केटबल) 

– माल्दिभ्समा भएको साबा वुमेन्स च्याम्पियनसिपमा रजत 
– साबा वुमेन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी 
– नेपालले खेलेको तीनमध्ये दुई खेलमा नेपालको तर्फबाट उच्च स्कोर गर्ने खेलाडी 
– नवौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशबाट रजत जित्न सफल 

पुष्पा भण्डारी (एथलेटिक्स) 
– बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीतिमानसहित स्वर्ण 
– १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (राजपुरा पछाई र विन्द्राधन्के श्रेष्ठ) 
– नवौं राष्ट्रिय खेलकुद महिला १० हजार मिटरमा कांस्य 
– सहारा हाफ म्याराथन स्वर्ण 
– कान्तिपुर हाफ म्याराथनमा रजत 
– वीर गणेशमान सिंह १० किमी रोड रेसमा रजत 
– मदन भण्डारी स्मृति रोड रेस ५ किमी रोड रेसमा रजत 

राजपुरा पछाई (एथलेटिक्स) 
– १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिप १० किमिमा रजत पदक 
– १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ) 
– नवौँ राष्ट्रिय खेलकुद महिला पाँच हजार मिटरमा रजत 
– वीर गणेशमान सिंह र धरान १० किमी रोड रेसमा स्वर्ण 
– कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माईपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा स्वर्ण 
– नेपालगन्ज म्याराथनको पाँच किमी दौडमा स्वर्ण 
– राष्ट्रिय एथलेटिक्समा तीन हजार मिटर दौडमा रजत

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro