site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टकर कार्लसनसँग पुटिनले भने– अमेरिकाले युक्रेनलाई हतियार दिन बन्द गर्नुपर्छ

काठमाडौं । प्रस्तोता टकर कार्लसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको अन्तर्वार्ताले अहिले विश्वभर चर्चा पाइरहेको छ ।

बिहीबार राति सार्वजनिक भएको अन्तर्वार्तामा पुटिनले अमेरिकाले युक्रेनलाई हतियार दिन बन्द गर्नुपर्ने बताएका छन् ।

सन् २०२२ को फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेयता पश्चिमी मिडियामा पुटिनको यो पहिलो अन्तर्वार्ता हो ।

Dabur Nepal
NIC Asia

मस्कोमा लिइएको दुई घन्टाको अन्तर्वार्तामा पुटिनले ओलेग द वाइजको नवौँ शताब्दीको शासनदेखि लिएर सन् १३०० को संघर्षसम्मको इतिहासबारे बोलेका छन् ।

अन्तर्वार्तामा उनले ३० मिनेटसम्म लेनिनको विदेश नीतिदेखि रुस, लिथुआनिया, पोल्याण्ड र युक्रेनको इतिहासबारे बोलेका छन् ।

२१औँ शताब्दीमा पुग्दा पुटिनले युक्रेन युद्ध लम्बिनुको आरोप अमेरिका र अन्य पश्चिमी देशलाई लगाएका छन् ।

पुटिनले युक्रेनसँगको शान्ति वार्ता लगभग अन्तिम चरणमा पुगेको तर रूससँग लड्न उसले अमेरिका र अन्य पश्चिमा मुलुकको निर्देशन मानेको बताएका छन् ।

पुटिनले बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनलाई पनि यसको दोष लगाएका छन् ।

अन्तर्वार्ताअघि एक भिडियोमा कार्लसनले ‘पुटिनले युक्रेनमा किन आक्रमण गरे वा उनको लक्ष्य के हो’ भन्ने कुरा अमेरिकी नागरिकलाई थाहा नभएको भन्दै अन्तर्वार्ता लिन प्रेरित भएको बताएका थिए ।

पुटिनले अमेरिकाले युक्रेनलाई हतियार पठाउन छोडेमा चाँडै नै युद्ध अन्त्य हुने बताएका छन् ।

अमेरिकालाई रुसको सन्देशका रूपमा पुटिनले भनेका छन्, “अमेरिकाले साँच्चै लडाइँ रोक्न चाहन्छ भने हतियार आपूर्ति बन्द गर्न आवश्यक छ । त्यसपछि युद्ध केही हप्तामै समाप्त हुन्छ ।”

पुटिनले युक्रेनमा आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अन्तिम पटक कुरा भएको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro