
काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा सिनेमा रिलिज भएका छन् । ‘हात्तीछाप’ र ‘दयारानी’ आजबाट प्रदर्शनमा आएका हुन् ।
‘हात्तीछाप’ सिमोस सुनुवारको निर्देशन गरेको चलचित्र हो भने ‘दयारानी’लाई माओत्से गुरुङले निर्देशन गरेको चलचित्र हो ।
‘हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, पुष्कर गुरुङ, वुद्धि तामाङलगायत कलाकार छन् । चलचित्रमा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।
‘दयारानी’मा पनि दयाहाङ राई मुख्य भूमिकामा छन् । उनको अपोजिटमा दीया पुन छिन् । विजय बराल, पुस्कर गुरुङलगायत कलाकार पनि मुख्य भूमिकामा छन् । यो सिनेमाका लेखक पनि निर्देशक स्वयं हुन् । माओत्सेको यो डेब्यु निर्देशन हो ।
चलचित्र ‘हात्तीछाप’ले देशभरका मल्टिप्लेक्स १६४ शोज पाएको छ । यसबाहेक सिंगल थिएटरमा पनि सिनेमाले राम्रै शोज पाएको छ ।
चलचित्र ‘दयारानी’ मल्टिप्लेक्समा ११३ शोज पाएको छ । यही बाहेक सिंगल थिएटरमा पनि यो चलचित्रले राम्रै शोज पाएको छ ।