site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली बैक ज्ञारेन्टी बनाएर ठेक्का हत्याउने पासवानलाई दुई वर्ष कैदसहित ४२ लाख जरिबाना 

काठमाडौं । विशेष अदालतले नक्कली बैक ज्ञारेन्टी बनाएर ठेक्का हत्याउने शिवनन्दन पासवानलाई दुई वर्ष कैद र ४२ लाख जरिबाना हुने फैसला गरेको छ । विशेष अदालतले बिहीबार नक्कली बैक ज्ञारेन्टी परे गरेर लालबन्दी नगरपालिका भवन निर्माणको ठेक्का लिएका पासवान दोषी ठहर भएका हुन् । 

निर्माणकर्ता कम्पनी लोकवीर बेताली र पाँच कुमारी जेभीका पार्टनर पासवान दोषी हुँदा अनिल गुप्ताले भने सफाई पाएका छन् । नक्कली एड्भान्स पेमेन्ट ज्ञारेन्टी बनाएर पासवानले नगरपालिकाबाट ४२ लाख भुक्तानी लिएका थिए ।

अख्तियारले ०७८ भदौ २२ मा दायर गरेका रिटमा फैसला गर्दै विशेष अदालतका न्ययायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजालासले नक्कली बैक ज्ञारेन्टी बनाइदिने नेपाल बैकका मंलगवा शाखा, ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोष विक्रम शाहलाई पनि दोषी ठहर गरेका छन् । तर, उनलाई सजाय निर्धारणका लागि भने आगामी फागुन १३ गतेको पेसी तोकेको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro