site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तान आमनिर्वाचन : मतदान जारी
तस्बिर : एएफपी ।

इस्लामाबाद । पाकिस्तानको आमनिर्वाचनका निम्ति बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ ।

कुल २६६ मध्ये एकबाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्न स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी छ । एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

उमेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरले मतदान प्रक्रिया स्थानीय समयानुसार बिहान ८ देखि सुरु भई बेलुका ५ बजेसम्म निर्बाध रूपमा जारी रहने बताए ।

मतदानबाट आउँदो पाँच वर्षका निम्ति नयाँ सरकार गठन गर्ने संसद्को तल्लो सदनका २६५ सदस्य छानिनेछन् । मतदाता बिहानै मतदान केन्द्रहरूमा पुगेका आयोगले जनाएको छ ।

पाकिस्तानका चार प्रान्तीय सभाको निर्वाचन आज एकैदिन भइरहेको छ । आयोगका अनुसार १२ करोड ८० लाखभन्दा बढी पाकिस्तानी नागरिक अर्थात् देशको कुल जनसंख्याको आधाभन्दा बढी व्यक्ति आमनिर्वाचनका निम्ति मतदान गर्न योग्य मानिएका छन् ।

देशभर ९० हजार ६७५ मतदान केन्द्र स्थापना गरिएको छ । ६ हजारभन्दा बढी उमेदवार छन् ।

खैबर पख्तुनख्वा, पन्जाब, बलुचिस्तान र सिन्धसहित चार प्रान्तका निम्ति ५९० सिटमा १२ हजारभन्दा बढी उमेदवारले प्रतिस्पर्धा गर्ने आयोगले घोषणा गरेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro