site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विधान सम्मेलनअघि माओवादीले बोलायो स्थायी र केन्द्रीय कमिटी बैठक 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । विधान सम्मेलनअघि उक्त बैठक बोलाइएको हो । 

कोषाध्यक्ष तथा पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार स्थायी कमिटी बैठक शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक शुक्रबार र शनिबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्नेछ । 

त्यस्तै, यही माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको उनले जानकारी दिए । बैठक राष्ट्रियसभा गृहमा बस्नेछ । पार्टीले चलाएको चार महिने रुपान्तरण अभियानको समीक्षा मुख्य एजेन्डा रहेको उनले बताए । 

“स्थायी समितिमा विधानबारे छलफल हुनेछ,” उनले भने, “चार महिने अभियानको समग्र समीक्षा केन्द्रीय समिति बैठकमा हुनेछ ।” माओवादीको विधान सम्मेलन फागुन १–३ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुने ढकालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro