site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासले प्रस्ताव गर्‍यो १३५ दिने युद्धविराम, इजरायलले मान्ला ?

काठमाडौं । हमासले इजरायलसँग १३५ दिने युद्धविरामको प्रस्ताव गरेको छ । यो प्रस्तावले गाजामा करिब साढे चार महिनाको लागि शान्ति आउने अपेक्षा गरिएको छ ।

यस अवधिमा हमासले सबै बन्दीहरूलाई मुक्त गर्ने छ । तर, प्रतिक्रियामा इजरायलले गाजा पट्टीबाट आफ्ना सेना फिर्ता लैजानुपर्ने छ ।

नयाँ सम्झौताले युद्धको अन्त्य हुने समेत अपेक्षा गरिएको छ ।

Dabur Nepal
NIC Asia

हमासको राजनीतिक ब्युरोका वरिष्ठ सदस्य मुहम्मद नाज्जलले प्रस्तावबारे बताएको अलजजिरालाई उद्धृत गर्दै द गार्जियनले लेखेको छ ।

गत हप्ता कतारी र इजिप्टका मध्यस्थकर्ताबाट हमासले अमेरिका र इजरायलको समर्थन रहेको युद्धविराम सम्झौता प्राप्त गरेको बताइएको छ ।

गत अक्टोबर ७ देखि सुरु भएको युद्ध रोक्न यो अहिलेसम्मकै ठूलो कूटनीतिक पहल ठानिएको छ ।

इजरायलले हमासको सखाप नभएसम्म गाजाबाट आफ्ना सेना फिर्ता नगर्ने बताउँदै आएको छ । इजरायलले यो प्रस्तावबारे कुनै पनि सार्वजनिक प्रतिक्रिया दिइनसकेको रोयटर्सले जनाएको छ ।

रोयटर्सले युद्धविराम प्रस्ताव प्राप्त गरेको जनाउँदै तीन चरणको युद्धविरामको हरेक चरण ४५ दिनको रहने उल्लेख गरेको छ ।

यो क्रममा दुवै पक्षले बन्दीहरू फिर्ता गर्ने, गाजाको पुनर्निर्माण सुरु हुने, इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने र शव आदानप्रदान हुने बताइएको छ ।

यसबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन रातारात इजरायल पुगेको बताइएको छ ।

यो युद्धविरामले युद्ध अन्त्यको ग्यारेन्टी नगर्ने तर अन्तिम चरणका बन्धक रिहाइ गर्नुअघि युद्ध समाप्त गर्न दुवै पक्ष सहमत हुनुपर्ने जनाइएको छ ।

रोयटर्सबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro