site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चार नेपाली फुटबलरको गन्तव्य अस्ट्रेलिया

काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर सिमान्त थापा, सेसेहाङ आङदेम्बे, आशिष चौधरी र अनिश देउला अस्ट्रेलिया प्रस्थान गरेका छन् । यी चार फुटबलर मंगलबार अस्ट्रेलिया गएका हुन् । चारमध्ये सिमान्त, सेसेहाङ र आशिषले राष्ट्रिय टिमको क्यापसमेत जितिसकेका छन् । 

सिमान्तले घरेलु लिग जावलाखेल युथ क्लबबाट खेलेका थिए । जावलाखेलको कप्तानी सम्हालेका उनले हालै सम्पन्न नेपाल सुपर लिग (एनएसएल)मा वीरगन्ज युनाइटेडबाट खेलेका थिए । चर्च ब्वाइज युनाइटेडबाट खेल्ने आशिष पछिल्लो समय राष्ट्रिय टिमका समेत नियमित सदस्य थिए । उनी एनएसएलमा धनगढी एफसीका मार्की खेलाडी समेत थिए ।

सेसेहाङले भने त्रिभुवन आर्मी फुटबल क्लबमा आवद्ध थिए । उनले ललितपुर सिटी एफसीबाट एनएसएलको दोस्रो संस्करण खेलेका थिए । जावलाखेलका गोलकिपर अनिशले भने राष्ट्रिय टिममा स्थान बनाउन सकेका थिएनन् ।

पछिल्लो समय आर्थिक कठिनाइका कारण राम्रो भविष्यका लागि विदेशिने  नेपाली फुटबलरको संख्या बढेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँग कति खेलाडी बाहिरिए भन्ने आधिकारिक तथ्यांक नरहे पनि करिब ५० खेलाडी बाहिरिसकेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro