site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैतडीका जिल्ला न्यायाधीश क्षेत्रीलाई डडेलधुराको पनि जिम्मेवारी, ६ जनाको सरुवा
Tiktok banner adTiktok banner ad

काठमाडौं । न्याय परिषद्ले बैतडी जिल्ला अदालतमा कार्यरत न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेलधुरा जिल्लाको पनि न्यायाधीश भएर कामकाज गर्ने गरी जिम्मेवारी तोक्न सिफारिस गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले न्यायाधीश क्षेत्रीलाई दोहोरो जिम्मेवारी तोक्न सिफारिस गरेको हो ।

बैठकले उच्च अदालतका तीन र जिल्ला अदालतका तीन न्यायाधीशको काज सरुवा गरेको छ । अन्य ६ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । 

परिषद्ले उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, न्यायाधीश काजीबहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलासमा र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा गरेको हो ।

यस्तै, डडेलधुराका न्यायाधीश दयाराम ढकालको चितवनमा, नवलपुरका बाबुराम सुवेदीको मोरङमा र दाङका कुलप्रसाद पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सरुवा गरेको छ ।

छ न्यायाधीशको सरुवा

न्याय परिषद्ले कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको ललितपुर जिल्ला अदालतमा, सुनसरीका हरिप्रसाद कोइरालाको जिल्ला अदालत कास्कीमा, कास्कीका अवनी मैनालीको मकवानपुर जिल्ला अदालतमा र तेह्रथुम जिल्ला अदालतका प्रमेश पोखरेलको पर्सामा, रौतहटका तेजबहादुर खड्काको झापा जिल्ला अदालतमा र झापाका जिल्ला न्यायाधीश भीमबहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालतमा सरुवा गरेको हो ।

Nyaya-1`-1707218659.jpg

Nyaya-2-1707218659.jpg


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro