site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केन्द्रीय सदस्य बूढाथोकीको निधनमा कांग्रेसले सबै पूर्वनिर्धारित कार्यक्रम गर्‍यो स्थगित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य केशवकुमार बूढाथोकीको  निधनमा कांग्रेसले सबै खालका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ ।

आकस्मिकरुपमा बोलाएको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको कांग्रेसले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आकस्मिक बैठकद्वारा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव र निर्णयमा भनिएको छ, “नेपाली कांग्रेसका केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा हिजो माघ २२ गते असामयिक निधन भएको छ । वि.सं. २००१ साल असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनु भएका स्वर्गीय बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ । उहाँको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको छ ।”

बैठकले २३, २४ र २५ गते (तीन दिन) सम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने, २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने,स्वर्गारोहणको १३औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement