site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निगमको न्यारोबडी जहाज : २०५ दिनमा १३० दिन ग्राउन्डेड, साढे एक अर्ब आम्दानी गुम्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चालु आर्थिक वर्षमा १३० दिन ‘ग्राउन्डेड’ भएको छ ।

निगमको ‘नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी’ जहाज चालु वर्षको २०५ दिनमा १३० दिन ‘ग्राउन्डेड’ भएको हो ।  ‘अझ कति ग्राउन्डेड हुन्छ ?’ निगमसँग यकिन जवाफ छैन । 

निगमले एउटा न्यारोबडीबाट दैनिक एक करोड १५ लाख रुपैयाँ आम्दानी गर्छ ।  यो रकम निगमले आफैँले सार्वजनिक गरेको तथ्यांक हो ।  उक्त तथ्यांकलाई आधार मान्ने हो भने नाइन एन–एकेएक्सबाट मात्र निगमले साढे एक अर्ब रुपैयाँ आम्दानी गुमाइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जहाज उडानमा नरहे पनि ‘ग्राउन्डेड’ जहाजमा प्रयोग भएको भाडाको इन्जिनका लागि प्रतिदिन २ हजार अमेरिकी डलर खर्च गरिरहेको छ ।  नोभेम्बर ३० देखि आजसम्म ६९ दिन जहाज ‘ग्राउन्डेड’ हुँदा भाडामा मात्रै एक करोड ८० लाख रुपैयाँ बढी गुमाएको छ ।

जहाज ‘ग्राउन्डेड’ कहिले–कहिले भयो ?

Global Ime bank

निगमको न्यारोबडी ‘नाइन एन– एकेएक्स ३२० लम्बिनी’ जहाज सुरुमा २०८० असार ३१ गते अर्थात् जुलाई १६ मा ग्राउन्डेड भएको थियो ।  जुलाई १६ मा ग्राउन्डेड जहाज सेप्टेम्बर २८ बाट नियमित उडानमा आएको थियो । 

त्यतिबेला उक्त जहाज ६१ दिन ‘ग्राउन्डेड’ भएको थियो । इन्जिन भाडामा लिँदै जहाज उडानमा ल्याइएको थियो । 

उक्त जहाज फेरि पुनः नोभेम्बर ३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भयो ।  जहाज ग्राउन्डेड भएको माघ २३ गते (मंगलबार) सम्म ६९ दिन पुगेको छ । 

पहिला ६१ र यतिखेर ६९ गरी समग्रमा आजसम्म चालु आर्थिक वर्षभित्र १३० दिन जहाज ग्राउन्डेड भएको हो । निगम स्रोतका अनुसार, जहाज अझै दुई साता इजरायलमै रहने छ ।

अधिकतम ९० दिनमा मर्मत हुनुपर्ने इन्जिन १४३ दिन पुग्यो 

निगमले इजरायलको आईएआई कम्पनीसँग इन्जिन मर्मतका लागि सम्झौता गरेको छ ।  सेप्टेम्बर १७ मा इजरायलमा मर्मतका लागि पठाइएको इन्जिन अझै मर्मत भएको छैन ।  इन्जिन मर्मत ४५ दिनदेखि अधिकतम् ९० दिन हो । तर, इन्जिन मर्मतका लागि पठाएको सोमबार आजसम्म १४३ दिन भएको छ । तर, हालसम्म पनि इन्जिन मर्मत भएको छैन ।

भाडाको इन्जिन रकममा कमिसन खाने प्रवृतिले इन्जिन मर्मतमा ढिलाइ गरिरहेको दाबी निगमका कांग्रेसनिकट कर्मचारी युनियनका अध्यक्ष मानबहादुर कुँवर गर्छन् । इजरायलमा मर्मतका लागि पठाइएको इन्जिनमा सामान्यमात्रै समस्या देखिएको थियो ।  कम्पनीले दुई महिनाभित्रै इन्जिन दिने बताए पनि १४३ दिन बित्दा पनि  इन्जिन बनाएर दिन सकेको छैन ।

इन्जिन मर्मतमा आईएआई कम्पनीले करिब दुई महिना ढिलाइ गरिदिँदा पनि निगम व्यवस्थापन मौन छ ।  यसपछि पनि कमिसनको खेल रहेको निगमका एक कर्मचारीले बताउँछन् ।

कुँवर समयमा जहाज मर्मत नगर्ने कम्पनीसँग गरिएको सम्झौता तोड्नुपर्ने बताउँछन् ।  राष्ट्रको सम्पत्ति जोगाउनुपर्नेमा निगम व्यवस्थापनले कमिसनको खेलमा लागेर डुबाउन लागेको कुँवरको दाबी छ ।  

“जहाज एमआरओ समयमा नगर्न कम्पनीसँग निगमले ठेक्का किन तोड्न सक्दैन । किनभने, त्यहाँबाट पनि यिनीहरुलाई ठूलो कमिसन आउँछ । त्यही भएर ठेक्का पनि तोड्दैनन्,” निगमका एक कर्मचारीले भने ।

जुन कम्पनीले इन्जिन मर्मतको जिम्मा पाएको छ, उसैको इन्जिन भाडामा लिइएको छ ।

भाडामा लिइएको इन्जिन प्रयोग भएको जहाज उडान नहुँदा पनि दैनिक २ हजार डलर निगमले तिर्नुपर्छ र कम्पनीलाई इन्जिन भाडाको समय जति लम्ब्याउँदै गयो त्यति नै फाइदा हुन्छ ।  निगम व्यवस्थापनले पनि त्यसमा कमिसन पाउने गरेको ती कर्मचारी बताउँछन् । जसका कारण इन्जिन मर्मतमा कुनै चासो दिइएको छैन ।

“उनीहरुको भनाई त्यही टाइपको इन्जिन पाइएको छैन भन्ने छ । इन्जिन नपाउने भन्ने हुँदैन, अरुले पाइरहेका छन्, इन्जिन पाइन्छ । इन्जिन पाइएको छैन भनेर व्यवस्थापनले गलत बोलिरहेको छ,” निगमका एक कर्मचारीले भने, “उनीहरुले इन्जिन भाडामा ल्याएर उडाउँदा पनि कमिसन खाइरहेका छन् ।  नउडाए पनि कमिसन खाइरहेका छन् ।” 

निगमले जहाज मर्मत गर्न जनवरी १२ मा जहाज इजरायलस्थित आईएआई पठाएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब चार हप्ता भइसकेको छ । काठमाडौं विमानस्थलमा पार्किङ गर्दा आलोचना हुन थालेपछि जहाज इजरायल पठाएको निगम स्रोत बताउँछ । 

जहाजका लागि पार्किङको शुल्क डलरमा खर्चिरहेको छ ।  इजरायलमा कति शुल्क लाग्छ भन्ने निगम जानकारी नै दिन चाहँदैन । एउटा जहाज ग्राउन्डेड हुँदा निगमको उडान तालिका कटौती भएको छ । 

सँगै निगमको विश्वसनियता घट्दो छ । निगमको बजार हिस्सा २५ प्रतिशतबाट घटेर १४ मा झरिसकेको छ ।  निगमका प्रवक्ता रमेश पौडेल जहाज मर्मत भइरहेको बताउँछन् । पौडेलका अनुसार, कहिलेसम्म जहाज इन्जिन मर्मत हुन्छ भन्ने यकिन नभएको तर, जतिसक्यो चाँडो मर्मत गरेर जहाज सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement