site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लेबनान–इजरायल सीमामा भिडन्त : दुईजनाको मृत्यु, दुई घाइते

काठमाडौं । दक्षिणपूर्वी लेबनानी गाउँ अल–तैबेहमा इजरायलले गरेको हवाई आक्रमणमा विगत २४ घण्टामा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ । दुई सर्वसाधारण घाइते भएका छन् ।

सिभिल डिफेन्स र मुस्लिम स्काउट एसोसिएसनका आधिकारिक स्रोतका अनुसार, हवाई हमलाबाट चार भवन पनि ध्वस्त भएको छ । गाउँका अरू घरहरूमा आंशिक क्षति पुगेको छ । लेबनानी सैन्य स्रोतले इजरायली लडाकु विमानहरूले गएको २४ घण्टामा सीमा क्षेत्रका ‘लक्ष्य’हरूमा २१ आक्रमण गरेको बताएको छ ।

Dabur Nepal
NIC Asia

दक्षिणी लेबनानको २५ सहर र गाउँहरूमा धेरै आक्रमण गरिएको जनाइएको छ । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले इजरायली लडाकु विमानहरूले अल–तैबेहमा एक हिजबुल्लाह सैन्य भवन र मिसाइलहरूको भन्डारणस्थललाई ध्वस्त पारेको बताएका छन् ।

यसैबीच, हिजबुल्लाहले आफ्ना लडाकुहरूले इरोन र एविभिमको इजरायली बस्ती र त्यहाँका अरू धेरै ‘साइट’हरूमा आक्रमण गरेको जनाएको छ । हिज्बुल्लाहले इजरायलमा हमासको आक्रमणको समर्थनमा अघिल्लो दिन इजरायलतर्फ दर्जनौँ रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा अक्टोबर ८ देखि तनाव बढेको हो ।

हिजबुल्लाह र इजरायलबीचको भिडन्तमा लेबनानी पक्षका २४४ जनाको मृत्यु भएको छ । तीमध्ये १७६ हिजबुल्लाह सदस्य र ३९ नागरिक हुन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ११:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro