site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रिन्सले मोटरसाइकल उपहार पाउने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले एकथान मोटरसाइकल उपहार प्राप्त गर्ने भएका छन् । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले काठमाडौंमा आयोजना गर्ने १३औँ पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताका क्रममा दाहाललाई उक्त उपहार प्रदान गर्न लागिएको हो ।

संघले प्रतियोगिताको सुरुआत गर्दा लगातार तीन संस्करणमा जित हासिल गर्ने खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने घोषणा गरेको थियो । सोहीअनुसार प्रिन्सले यो उपहार पाउन लागेका हुन् ।

प्रिन्स विश्व ब्याडमिन्टन जुनियरमा शीर्ष एकमा रहिसकेका खेलाडी हुन् । हाल नेपाल ब्याडमिन्टन संघको शीर्ष एकमा रहेका उनले पुष्पलाल स्मृति ब्याडमिन्टनको १०औँ, ११औँ र विराटनगरमा भएको १२औँ संस्करणको उपाधि जितेका थिए ।

यो उपहार यसअघि महिलातर्फ सरादेवी तामाङ र पुरुषतर्फ रत्नजित तामाङ (दिदीभाइ)ले जितेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro