site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायललाई १७.६ अर्ब डलर सहायता दिने तयारीमा अमेरिका
गाजामा इजरायली सैनिक । फाइल तस्बिर ।

काठमाडौं । अमेरिकी संसद्ले इजरायललाई १७.६ अर्ब डलरको सहायता उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ । गाजामा युद्ध गरिरहेको इजरायलका निम्ति यो सहायता प्याकेज पारित गर्न केही दिनमा त्यहाँ मतदान हुनेछ ।

अर्बौँ डलरको सहायताले इजरायललाई क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली, तोपखाना र अरू हतियार बनाउन एवं किन्न मद्दत पुग्नेछ । अमेरिकी संसद्का सभामुख माइक जोन्सनले केही दिनमा यो प्रस्तावमाथि मतदान हुने बताएका छन् ।

इजरायलको आक्रमणमा परेर गाजामा २७ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

सन् २०१६ को एक सम्झौताअन्तर्गत इजरायलले अहिले पनि वार्षिक ३.८ अर्ब अमेरिकी डलरको सैन्य सहायता पाइरहेको छ । अमेरिकाले रुससँग लडिरहेको युक्रेनलाई भने अहिले कुनै सहायता दिएको छैन । द गार्जियनबाट ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu