site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच दिनसम्म बनेन त्रिविको वेबसाइट, आईटी प्रमुख भन्छन्– सुरक्षित बनाएर सार्वजनिक गर्दै छौँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा समस्या देखिएको पाँच दिन भएको छ । यही माघ १७ गते टीयूइक्जामडटईडीयूडटएनपी वेबसाइट ‘ह्याक’ भएको थियो । आइतबार (माघ २१)सम्म वेबसाइट बनिसकेको छैन ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका प्रमुख दीपकबहादुर शाहीले आज या भोलि (सोमबार)सम्ममा वेबसाइट बन्ने बताए ।

“पहिला सुविधा मात्रै भयो । अब सुविधा र सुरक्षासहित वेबसाइट सार्वजनिक हुन्छ,” उनले बाह्रखरीसित भने, “डेभलपरहरूले काम गरिरहेका छन् ।”

वेबसाइट ह्याक गरेर एक फेसबुक पेजमा ‘रिडाइरेक्ट’ गर्नुका साथै केही सिस्टममा समेत आक्रमण गरिएको उनले बताए । डाटा भने सबै सुरक्षित रहेको उनको भनाइ छ ।

वेबसाइट कसले ह्याक गरेको र त्यसको कानुनी कारबाहीको पाटोबारे आफूलाई थाहा नभएको आईटी प्रमुख शाहीले बताए ।

“आज या भोलिसम्म वेबसाइट लाइभ हुन्छ भन्ने सूचना छ । ह्याक गर्नेका सन्दर्भमा कारबाही एवं कानुनी प्रक्रिया सम्बन्धित निकायले गर्ला,” उनले भने ।

कैयौँ विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ‘डाउन’ हुँदा सूचना हेर्न नपाएको सामाजिक सञ्जालमा गुनासो गरेका छन् । अहिले उक्त वेबसाइट खोल्दा ‘निमार्णको क्रममा रहेको’ लेखिएको मात्र देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro