site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इटहरीको विकास झल्काउने १४ योजना अलपत्र, निर्माण कम्पनीलाई उपमहानगरको ताकेता

विराटनगर । सडक र पूर्वाधार निर्माणका योजना अलपत्र पार्ने निमाण कम्पनीलाई सुनसरीको इटहरी उपमहानगरपालिकाले स्पष्टीकरण सोधेको छ । तोकिएको समयमा काम सम्पन्न नगरी अलपत्र पार्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको हो ।

उपमहानगर कार्यालयले जनाएअनुसार विभिन्न १४ वटा योजनाको काम अलपत्र छ । त्यस्ता योजनाहरूको काम नै नगरी अलपत्र अवस्थामा छाडेपछि उपमहानगरले कडाइ गरेको जनाइएको छ । उपमहानगरले त्यस्ता कम्पनीलाई ‘किन कालो सूचीमा नराख्ने’ भन्दै पत्राचार गरी स्पष्टीकरण सोधेको छ ।

माघ १० गते दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरी १५ दिनभित्र स्पष्टीकरण पेस गर्न इटहरी उपमहानगरले निर्देशन दिएको छ । तोकिएको मितिमा सम्पर्कमा नआउने, स्पष्टीकरण पेस नगर्ने कम्पनीलाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ बमोजिम कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्ने जनाइएको छ ।

Dabur Nepal
NIC Asia

कारबाहीमा पर्ने कम्पनीको जमानत जफत गरी बाँकी निर्माण कार्य गर्ने रकम समेत सो कम्पनीबाट नै असुल उपर गर्ने उपमहानगरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

ठेक्का सम्झौता भई निर्माण कार्य अधुरा रहेका, म्याद समाप्त भएका निर्माण कम्पनीहरूलाई ठेक्का सम्झौता अद्यावधिक गरी काम सुचारु गर्न गएको भदौ १ गते पनि सार्वजनिक सूचना प्रकाशित गरेको थियो । उपमहानगरका मेयर हेमकर्ण पौडेलले कानुनको छिद्र प्रयोग गर्दै एकभन्दा धेरै ठेक्का लिने र काम पूरा नगर्ने कम्पनीको नियत ठिक नभएको बताउँदै भने, “अब हामी कारबाहीको प्रक्रियामा अघि बढ्छौँ ।”

अलपत्र छन् महत्त्वपूर्ण योजना
दुई वर्षअघि इटहरीको थारु संस्कार संस्कृतिसहित अन्य जातजाति भाषा भाषीहरूको कला र संस्कृतिलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न आदिवासी जनजाति संग्राहलय निर्माण सुरु गरिएको थियो ।

१६ मंसिर २०७८ मा निर्माण सम्झौता भएर काम सुरु भएको यो संग्राहलय २५ असार २०७९ मा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने हो । तर, यो संग्राहलयको काम हाल सम्म  १६.७२ प्रतिशत मात्रै भएको छ ।

१५ बेडको इटहरी अस्पतालको भवन अझै निर्माण सकिएको छैन । अस्पतालको ६५ प्रतिशत काम भएको छ । अस्पतालको भवन ३० असार २०७८ मा प्रतिष्ठा गिरी जे.भी कम्पनीले सम्झौता गरेर काम सुरु गरेको थियो ।  इटहरी अस्पतालले अहिले पुरानो भवनबाटै सेवा दिई रहेको छ । साँघुरो, जीर्ण भएको भवनबाट नागरिकलाई सेवा दिनुपर्ने अवस्था छ ।

स्मार्ट शौचालय बनाउने भनेर उपमहानगर गेट पूर्वपट्टि भवन निर्माण सुरु गरिएको थियो । भवन त बन्यो तर सञ्चालनमा आउन सकेन । बाँकी काम त्यसै छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि भवन अलपत्र छ ।

इटहरी–६ को मुख्य बजार भएर बग्ने टेंग्रा खोलामा पर्खाल लगाएर कोरिडोर बनाउने र त्यसमा व्युटिफिकेशन गर्ने उपमहानगरको योजना छ । सोहीबमोजिम भोजपुरको अनु निर्माण सेवा कम्पनीसँग उपमहानगरले सम्झौता गरेको थियो ।

इटहरी अस्पताल दक्षिणको सतन मार्गमा कालोपत्रे गर्ने काम बिचमै रोकिएको छ । ठेकेदारले २१ जेठ २०७९ मै कालोपत्रे गरिसक्नुपर्ने थियो । २४.१५ प्रतिशत मात्रै काम भएको उपमहानगरका इन्जिनियर जीवन घिमिरेले बताए ।

उनले भने, “नगर स्तरीय सात वटा सडक ग्राभेल र कालोपत्रे, तीन वटा पुल निर्माणसहितका योजना अलपत्र छाडेर ठेकेदार उपमहानगरको सम्पर्कमा छैनन् ।”

इटहरीका धेरै योजनाहरूको ठेक्का गिरी कन्स्ट्रक्सन प्रा.लि हात्तीवनले पाएको छ । उसले पाँचवटा काम लिएपनि सबैको आधा काम गरेको छ ।

ठेकेदार कम्पनीका कुमार गिरीले समयमा भुक्तानी नपाएका कारण काममा ढिलाइ भएको बताएका छन् । “निर्माण सामग्रीको मूल्य बढेकाले समेत समस्या भएको हो,” उनले भने ।

सिराहाको अंकित कन्स्ट्रक्सनले स्मार्ट सार्वजनिक शौचालय र इटहरी १६ को हक्राहा खोलाको बक्स पुल निर्माणको ठेक्का लिएको थियो ।

भोजपुरको अनु निर्माण सेवाले पनि २ वटा योजनाको काम गर्ने जिम्मा लिएपनि पूरा गरेको छैन । खनार प्रहरी चौकी–भानु मार्ग भारबी रोड कालोपत्रे योजना आर वन कन्स्ट्रक्सन र घोइन्डा खोलाको पुल निर्माण इटहरी १६ को योजना एम के कन्स्ट्रक्सन सिरहाले अलपत्र पारेका छन् । भोटिया खोला पुकल भैरव नारायणम जे.भी नेपालगन्जले लिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro