site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिक दलका उच्च नेतामा सुधारको आवश्यकता : गगन थापा

पर्सा । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरू सुदृढ लोकतन्त्र नै भएको बताएका छन् । वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको शनिबार आयोजित रजत महोत्सवमा नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको धारणा राखे ।

उनले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको बताए । “राजनीतिक दलका उच्च नेता, कर्मचारी, स्थानीय तहका प्रमुखसम्ममा सुधारको आवश्यकता छ,” उनले भने, “सबै क्षेत्रमा सुधार गर्न सकिए मात्रै राष्ट्र विकास गर्न सकिन्छ ।”

माथिलो तहबाट सुधारको प्रयास हुनुपर्ने उनले बताए । सबैले आ–आफ्नो ठाउँबाट सुधारको प्रयास गरे मात्र मुलुकमा आमूल परिर्वतन ल्याउन सकिने उनको भनाइ थियो ।

उनले बढदो महँगी, बेरोजगारी, भ्रष्टाचार र भागबन्डाको राजनीतिले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बताएको उल्लेख गरे । लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास बढाउन र आमनागरिकको जीवनमा सुधार ल्याउन शुद्धीकरण आवश्यक रहेको उनले औँल्याए ।

केही व्यक्तिका कारण लोकतान्त्रिक व्यवस्थालाई नै बदनाम गर्ने प्रयास भइरहेको उनले बताए । लोकतन्त्रको रक्षाका निम्ति आमसञ्चारमाध्यमले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । राजनीतिक, प्रशासनिकलगायत हरेक क्षेत्रमा देखिएका समस्याबारे सञ्चारमाध्यमले तिखो प्रहार गर्नुपर्ने उनले बताए ।

उनले सबैका निम्ति समान अवसरको व्यवस्थालाई बलियो बनाउन सञ्चार क्षेत्रले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रतिनिधिसभा सदस्य अजय चौरसिया, वरिष्ठ पत्रकार हरिहर विरही, कविर राणालगायत वक्ताले व्यक्तिले गरेका कमी–कमजोरीको आडमा लोकतन्त्रलाई केही अवसरवादीले बदनाम गर्ने चेष्टा गरिरहेको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, ईश्वरचन्द गौतम, कविर राणालाई महामन्त्री थापाले दोसल्ला र कदरपत्रले सम्मान गरे । रासस

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  २०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro