site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यती एयरलाइन्सले थप्यो दुईवटा एटीआर जहाज

काठमाडौं । यती एयरलाइन्सले दुईवटा एटीआर ७२–५०० विमान थप गरेको छ । विमान बिहीबार अपराह्न ५:२० र ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

यतीले ७२ सिट क्षमताको दुईवटै विमान बंगलादेशबाट खरिद गरेको हो । विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५०० वायुयानको संख्या सात पुगेको छ ।

Dabur Nepal
NIC Asia

थप गरिएको वायुयानले नेपाली रजिस्ट्रेसन ९एन–एओएफ र ९एन–एओएच पाएको कम्पनीले जनाएको छ ।

खरिद गरिएका विमानहरू यतीका क्याप्टेनहरूले नै बंगलादेशको ढाकाबाट उडान गरी नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । उनले कम्पनीले थप गरेको जहाजले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको  र आवश्यक कागजी प्रक्रिया पूरा गरी एक सातापछि उडान सेवा दिने बताए ।

यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाकाले आन्तरिक हवाई सेवालाई अझै सहज तथा सुलभ बनाउन थप जहाज भित्र्याउने नीति लिएको र जहाज थप गरेसँगै यात्रुहरूलाई तोकिएको समयमै उडान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

सन् २०२४ भित्रै थप तीनवटा जहाज ल्याएर १० वटा पुर्‍याउने लक्ष्य रहेको र यसले गुमेको बजार हिस्सा कायम गदै यात्रुहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न मद्दत पुग्ने उनले भनाइ छ ।

यती एयरलाइन्स हालै एसियन लाइफ इन्स्योरेन्सलाई लगानीकर्ताको रूपमा भित्र्याएको छ । कम्पनीले यसै वर्षभित्र सर्वसाधरणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ ।

हाल यतीले नेपालको सुगम गन्तव्यहरू काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडानहरू गर्दै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  २१:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro