site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लागुऔषध मुद्दाका फरार अभियुक्त एन्फा उपाध्यक्षको खोजी गर्दै प्रहरी 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार अभियुक्त अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामाको खोजी सुरु गरेको छ । ०६४ जेठ २० गते तत्कालीन पुनरावेदन अदालत पाटनले लामालाई पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको खुलेसँगै प्रहरीले खोजी थालेको हो ।

लागुऔषध खैरो हेरोइनसहित ०६१ सालमा उनी पक्राउ परेका थिए । त्यसयता प्रहरीबाट लुकीछिपी बस्दै आएका लामा एन्फाको उपाध्यक्षमा निर्वाचित भएका थिए ।

गत वर्षको असार ६ गते एन्फाको साधारणसभाबाट अध्यक्ष पंकजविक्रम नेम्वाङको प्यानलमार्फत उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । प्रहरीले खोजी गरेको चाल पाएपछि लामा हाल फरार छन् ।

उनको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीमप्रसाद ढकालले बाह्रखरीलाई जानकारी दिए ।

लागुऔषधसहित ०६१ मा पक्राउपछि अदालतको फैसला आउँदासम्म लामाले १० महिना दुई दिन हिरासतमा बिताएका थिए । त्यसयता पक्राउ हुनबाट जोगिँदै आएका उनले अझै चार वर्ष एक महिना २८ दिन कैद भुक्तान गर्न बाँकी छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro