site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से ३०.९२ अंकले घट्यो, चार अर्ब १८ करोडको कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३०.९२ अंकले घटेर बन्द भएको छ । यसदिन बजार १.४७ प्रतिशतले घटेर २०६७.०१ विन्दुमा बन्द भएको हो ।

बिहीबार चार अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

१९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २२६ कम्पनीको सेयर मूल्य घटेको छ । मञ्जुश्री फाइनान्स लिमिटेडको सेयर मूल्य भने स्थिर छ ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.१० प्रतिशतले वृद्धि भएको छ । साम्लिङ पावर कम्पनीको सेयर मूल्य ९.४२ प्रतिशतले घटेको छ ।

Global Ime bank

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ५४ करोड एक लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक ०.२१ प्रतिशतले वृद्धि भएको छ । बाँकी १२ समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ ।  यो समूहको परिसूचक २.३५ प्रतिशतले घटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement