site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल एयरलाइन्सको व्यवस्थापन करारमा दिने सरकारको तयारी
फाइल तस्बिर ।

काडमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यवस्थापन करारमा दिने तयारी गरिएको छ ।

निगमको करार व्यवस्थापनका निम्ति सुझाव दिन योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा, व्यवस्थापनविज्ञ टिकाराम राई, पर्यटन विभागका महानिर्देशक, अर्थ मन्त्रालयका प्रतिनिधि र वायुसेवा निगमको अर्थ विभाग प्रमुख सदस्य रहने गरी पाँचजनाको समिति बनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो समिति बनाउने प्रस्ताव गरेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट समिति गठनका निम्ति स्वीकृति प्रदान गरिएको पर्यटनमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

समितिलाई ४५ दिनको कार्यावधि दिइएको छ । समितिको सुझावका आधारमा निगमको व्यवस्थापन करारमा दिइने सरकारको तयारी छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro