site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाँचबुझ आयोगले लियो सुन तस्करी प्रकरणमा जेल पुगेका गोरेसँग बयान
फाइल तस्बिर ।

काठमाडौं । सुन तस्करी प्रकरणबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले मोरङका चुडामणी उप्रेती ‘गोरे’ को बयान लिएको छ ।

२०७४ माघमा दुबईबाट ल्याइएको ३३ किलो सुन तस्करी र मोरङकै शनम शाक्य हत्या प्रकरणमा गोरे जेल पुगेका थिए । हाल उनीलाई सुन्धारा कारागारभित्र राखिएको छ । उनलाई जाँचबुझ आयोगले माघ ८ मा बयान लिएको हो ।

गोरे समूहले तस्करी गरेर दुबईबाट ल्याएको सुन पुरानो बानेश्वरबाट लुटिएको थियो । सुन लुट्ने समूहमा शाक्य रहेको आशंका गर्दै गोरे समूहले शाक्यको हत्या गरेका थिए ।

गएको साउनमा हङकङबाट ‘ब्रेक सू’मार्फत भएको ६० किलो सुन तस्करी र भेपमार्फत भएको सुन तस्करीबारे जाँचबुझ गर्न सरकारले उच्च अदालत पाटनका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा असोज १४ मा आयोग गठन गरेको छ ।

हालसम्म आयोगले सुन तस्करीमा जेल पुगेका आरोपीदेखि प्रहरी र अभियोजनकर्तामाथि समेत बयान लिइसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro