site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुपर सिक्सका खेल नखेल्दै नेपालको सेमिफाइनल सम्भावना कसरी भयो समाप्त ?

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले आज बंगलादेशविरुद्ध खेल्दै छ । दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुँदै छ । तर, सुपर सिक्सको खेल खेल्नुअगावै नेपाल प्रतियोगिताको सेमिफाइनल पुग्ने समीकरणबाट बाहिरिसकेको छ । आजको खेलपछि नेपालले सुपर सिक्सको दोस्रो खेलमा फेब्रुअरी २ मा भारतसँग खेल्नेछ ।

सुपर सिक्सका खेल नखेल्दै कसरी बाहिरियो नेपाल ?
नेपाल सुपर सिक्सको समूह–१ मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, भारत र आयरल्यान्ड छन् । नेपाल, न्युजिल्यान्ड र पाकिस्तान समूह ‘डी’ बाट र भारत, बंगलादेश र आयरल्यान्ड समूह ‘ए’को शीर्ष तीन स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् । 

Dabur Nepal
NIC Asia

आईसीसीको नियमअनुसार सुपर सिक्समा प्रवेश गरेको ६ टिममध्ये एकै समूहका टिमले सुपर सिक्समा प्रतिस्पर्धा गर्न पाउँदैनन् । यसबाहेक दोस्रो समूहबाट एउटै स्थानमा रहँदै सुपर सिक्स आएको टिमसँग पनि अर्को टिमले खेल्नु पर्दैन । यसकारण समूह ‘डी’को तेस्रो स्थानमा रहँदै सुपर सिक्स आएको नेपालले समूह ‘ए’ को तेस्रो स्थानमा रहँदै आएको आयरल्यान्डसँग खेल्न नपर्ने भएको हो ।

आईसीसीको नियमअनुसार यदि समूह चरणमा जित निकालेको कुनै टिम सुपर सिक्समा आएका छन् भने उक्त टिमविरुद्ध जित निकालेको टिमको खातामा दुई अंक रहनेछ । यसकारण सुपर सिक्सअन्तर्गत मंगलबार भएको खेलमा भारत र पाकिस्तानले जित निकालेपछि नेपालको सम्भावना सकिएको हो । भारतले यसअघि समूह चरणमा बंगलादेश र आयरल्यान्डविरुद्ध जित निकालेको थियो । भारतले जित निकालेको दुवै टिम सुपर सिक्समा आएका कारण उसको खातामा चार अंक पहिले नै थियो । 

मंगलबार भएको खेलमा न्युजिल्यान्डविरुद्ध २१४ रनको जित निकाल्दै भारतले ६ अंक जोडेको छ । पाकिस्तानले समूह चरणमा नेपाल र न्युजिल्यान्डविरुद्ध जित निकालेको थियो । यसकारण चार अंक पहिले नै पाएको पाकिस्तानले पनि मंगलबार सुपर सिक्सको खेलमा आयरल्यान्डलाई हराउँदै ६ अंक पुर्यायो । नेपालले सुपर सिक्समा दुई खेल खेल्ने मात्र भएकाले दुवै खेलमा जित निकाले पनि नेपालको चार अंक मात्र हुन्छ । नेपालले समूह अन्तिम खेलमा अफगानिस्तानलाई हराएर समूहमा दुई अंक जोडेको थियो । तर, आईसीसीको नियमअनुसार अफगानिस्तान समूह चरणबाटै बाहिरिएकाले उक्त दुई अंक सुपर सिक्समा गणना हुँदैन ।

यसकारण मंगलबार भारत र पाकिस्तानको जितसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त भएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro