site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युवा विश्वकपमा नेपालको सुपर सिक्स यात्रा ‘सपना पूरा भयो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई हराउँदै शुक्रबार नेपालले प्रतियोगिताको सुपर सिक्समा स्थान पक्का गर्‍यो । 

अन्तिम खेलमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई अन्तिम ६ रन आवश्यक हुँदा हातमा दुई विकेट मात्र बाँकी थियो । अफगानिस्तानविरुद्ध कप्तानी इनिङ खेलेको देव खनाल जित्नैपर्ने खेलमा डगआउटभन्दा छुट्टै घुँडा टेकेर बसेका थिए । घुँडा भुइमा हुँदा उनको हात भने टाउकोमा थियो । उनी टिमको जितका लागि प्राथना गर्दै थिए । 

“हामीले पछिल्लो केही महिनायता निक्कै मेहनत गरिरहेका छौँ भन्ने कुरामा प्रार्थना गरिरहेको थिए । हामीले पछिल्लो दुई महिनायता परिवारसँग भेट्न पाएका छैनौँ र यहाँ आएका सबैले कठिन मेहनत गरेका छन्,” अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग कप्तान देवले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

टिमलाई जितसम्म डोहोर्‍याउन संयमित ब्याटिङ गरेका देवले ८९ बलमा ५८ रनको अर्धशतकीय इनिङ खेले । अफगानी बलर अल्लाह मोहम्मद घाजान्फरको बलमा देव आउट हुँदा नेपाललाई जितका निम्ति अझै १८ रनको आवश्यकता थियो ।

त्यसबेला नेपालसँग अझै तीन विकेट बाँकी थियो । तर, अफगानिस्तानका फारिदुन डाउदजाईले दुई ओभरमा सेट ब्याटर दीपक बोहरा (२७ रन) र आकाश चन्द (एक रन) लाई पभेलियनको दिशा देखाएपछि नेपाल नौ विकेट गुमाउँदै दबाबमा आएको थियो ।

Global Ime bank

१४४–९ को स्थिति हुँदा नेपाललाई जितका लागि दुई रन र अफगानिस्तानलाई एक विकेट आवश्यक थियो । तर, अफगानिस्तानका बलर अरब गुलले ४५औँ ओभरको पहिलो बल वाइड फ्याकेपछि खेल ‘टाई’ भएको थियो । जितका लागि एक रन आवश्यक हुँदा सोही ओभरको चौथो बलमा सुवास भण्डारीले चौका प्रहार गर्दै नेपालको रोमाञ्चक जितसहित सुपर सिक्समा स्थान सुनिश्चित गराए ।

“यो निकै ठूलो उपलब्धि थियो । हाम्रो लागि यो सपना साकार भएको पल थियो । हामीले यसका लागि पछिल्लो केही महिनायता तयारी गरिरहेका थियौँ । हामीले यो गर्न सक्छौँ भन्ने विश्वास थियो । हामीले विश्वकपको यो स्तरमा राम्रो क्रिकेट पनि खेल्न सक्छौँ भन्ने थियो र त्यसलाई प्रमाणित पनि गर्यौं,” कप्तान देवले थपे ।

नेपाललाई जितसम्म पुर्‍याउन ब्याटिङमा कप्तान देव चम्किँदा आकाश चन्दले घातक बलिङ गर्दै पाँच विकेट लिए । योसँगै आकाश उनी युवा विश्वकपमा नेपालबाट पाँच विकेट लिने पहिलो फास्ट बलर समेत बने । 

“उ (आकाश) सबैभन्दा मेहनती छ । उनी सधैँ पहिले आउँछन् र अन्तिममा जान्छन् । उ राम्रो खेलाडी हो भन्ने हामीलाई थाहा छ,” आकाशबारे देवले भने, “यो उनको लागि निकै ठूलो सम्मान हो । देशका लागि पाँच विकेट लिएको भन्दै आईसीसीको पेजमा उसको नाम सधैँ शीर्ष स्थानमा रहने छ ।”

आकाश स्वयंका लागि भने त्यो प्रदर्शन मेहनतको फल थियो । उनको यो प्रदर्शनले आकाश खेलको ‘म्यान अफ दी म्याच’ समेत चुनिए ।

“म यो पलका लागि कृतज्ञ छु । नेपालमा मेरो दाई, दिदी बहिनी र सबै परिवारले खेल हेरिरहेका थिए । जित्नैपर्ने खेलमा पाँच विकेट लिनुभन्दा र टिमले जित पाउनुभन्दा ठूलो अनुभव अरु हुँदैन । सबै कठिन मेहनतको फल प्राप्त भएको छ,” चन्दले भने, “एक नेपाली क्रिकेटरको रूपमा हामीले जहाँ खेले पनि सधैँ समर्थकको माया र साथ पाइरहेका हुन्छौँ । म उनीहरू सबैलाई धन्यवाद दिन चाहन्छु । हामीले पाएको त्यो समर्थनमा म आफ्नो अभिभावकको माया पनि पाउँछु ।”

नेपालले जनवरी ३१ मा बंगलादेशविरुद्ध खेल्दै सुपर सिक्सको सुरुआत गर्नेछ । यस्तै, सुपर सिक्सको दोस्रो खेलमा नेपालले फेब्रुअरी २ मा भारतविरुद्ध खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement